Logo

स्याङजामा ‘गल्याङ कृषि पर्यटन सांस्कृतिक तथा ब्यापार महोत्सब २०७६’ सुरु

स्याङजामा ‘गल्याङ कृषि पर्यटन सांस्कृतिक तथा ब्यापार महोत्सब २०७६’ सुरु



काठमाडौं । स्याङजाको गल्याङमा कृषि पर्यटन तथा सांस्कृतिक ब्यापार महोत्सब २०७६ सुरु भएको छ । करिव डेढ लाख आगन्तुकले अवलोकन गर्ने लक्ष राखिएको सो महोत्सवमा १ सय ५० भन्दा बढी स्टल रहेको आयोजकले जानकारी दिएको छ ।

laxmi

कार्यक्रमको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपालमा आर्थिक उन्नतीका लागि कृषि, पर्यटनको पुर्वाधार, जलबिद्युत पुर्वाधारमा लगानी आवश्यक रहेको बताए । उनले स्याङजाको गल्याङ चेम्बर अफ कमर्शद्वारा आयोजित कृषि पर्यटन सांस्कृतिक तथा ब्यापार महोत्सब २०७६ को उद्घाटन गर्दै सो कुरा बताएका हुन । साथै स्याङजा कृषिको लागि उपयुक्त स्थान भएकाले सिंचाईको उचित प्रबन्ध गर्नु आवश्यक रहेको समेत जानकारी दिएका छन ।

उनले दुई तिहाई जनसंख्या कृषिमा आधारित रहेको देशलाई आवश्यक पर्ने करिव ४० लाख टन चामलमा ३० लाख टनमात्र उत्पादन भईरहेकोमा यसमा आत्मनिर्भर हुने गरी कार्य गर्नु पर्ने आबश्यकता रहेको बताए । साथै मल्लले स्याङजामा कृषिको लागि आवश्यक माटो परीक्षण, कृषि विशेषज्ञको सेवा, कृषि कलेजको स्थापना, सहुलियतपुर्ण ५ प्रतिसत दरमा कृषि ऋणको सहज उपलब्धता तथा उत्पादनमुखी कानुनि सुधारमा तत्काल जोड दिनु पर्ने बताएका छन ।

सोही अवसरमा गल्याङ नगरपालिकाका उप मेयर देवीसरा थापाले गल्याङमा चेम्बरको स्थापनाले नगरको बिकासको कार्यमा सहयोगी भुमिका निर्वाह हुने बताए । गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगा प्रसाद श्रेष्ठले चेम्बरले गरेका कार्यक्रमहरु र भावी कार्यक्रमबारे जानकारी दिदै यस महोत्सवले स्थानीय स्तरका उद्यमीले उत्पादन गरेका बिभिन्न वस्तुको बजारीकरणको अवसर प्राप्त हुने र यसबाट उद्यमीहरुमा थप प्रेरणा र उत्साह आउने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL