Logo

सिटी एक्सप्रेसको उपहार योजना, निशुल्क हवाई टिकटदेखि ५ ग्राम सुन जित्ने मौका

सिटी एक्सप्रेसको उपहार योजना, निशुल्क हवाई टिकटदेखि ५ ग्राम सुन जित्ने मौका



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अल बिलाद –एन्जाजको संयुक्त सहकार्यमा उपहार योजना सार्वजनिक गरेको छ ।

laxmi

साउदीमा रहेका नेपाली उपभोक्ताहरुलाई विभिन्न उपहारहरु को योजना सार्वजनिक गरेको सिटी एक्सप्रेसले जानकारी दिएको छ । योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल –अल्बिलाद मोबाइल एप, अल्बिलाद नेट, अल्बिलाद एटिएम, एन्जाज सेल्फ–सर्भिस मेसिन, एनजाज पिओएस, एन्जाज सेन्टर) मा उपलब्ध रहेको छ ।

योजना अन्तरगत ६ जना बिजेताहरुले निशुल्क हवाई टिकट (विश्वको जुन सुकै ठाउँ) २४ जनाले ५ ग्राम सुनको सिक्का, ४५ जनाले सिटी म्याक्स को सपिङ भउचर र अन्य आर्कषक पुरस्कारहरु प्राप्त गर्न सक्नेछन । योजना ३ महिनाको लागि जनवरी ३० देखि अप्रिल ३० सम्म लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL