Logo

फेरी बढ्यो सुनको मूल्य, बुधबार साढे ७६ हजारमा कारोबार

फेरी बढ्यो सुनको मूल्य, बुधबार साढे ७६ हजारमा कारोबार



काठमाडौं । बुधबार सुनको मूल्य प्रति तोला ७६ हजार ५ सय रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा मंगलबार प्रतितोला ५ सय रुपैयाँले घटेको तेजाबी सुनको मूल्य बुधबार प्रति तोला १ हजार रुपैयाँले बढेर ७६ हजार ५ सय रुपैयाँ पुगेको हो ।

laxmi

इरान र अमेरिकाबीच भएको द्वन्दका कारण पछिल्लो समयमा सुनको मूल्य आकाशिएको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ । साथै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले पनि त्यसको असर नेपाली बजारमा परेको महासंघले जानकारी दिएको छ ।

त्यस्तै बुधबार तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार चाँदी भने प्रति तोला ९ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

सोमबार ९ सय २० रुपैयाँमा कारोबार भईरहेको चाँदी मंगलबार २० रुपैयाँले घटे पनि बुधबार पुनः २० रुपैयाँले बढेर ९ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL