Logo

धनुषा चेम्बर अफ कमर्शको सामाजिक उत्तरदायित्व, सितलहर पीडितलाई राहत वितरण

धनुषा चेम्बर अफ कमर्शको सामाजिक उत्तरदायित्व, सितलहर पीडितलाई राहत वितरण



काठमाडौं । धनुषामा लागेको सितलहर र जाडोले प्रभावित विपन्न र असाहाय वर्गलाई धनुषा चेम्बर अफ कमर्शले सहयोग गरेको छ । जनकपुरधाम स्थित विभिन्न चौंकहरुमा ८० क्वीन्टन दाउरा र १०१ थान कम्बल वितरण गरेको धनुषा चेम्बर अफ कमर्शका अध्यक्ष बिजय शाहले जानकारी दिएका छन ।

laxmi

उक्त वितरण कार्यक्रममा धनुषा चेम्बरका अध्यक्ष शाहले विपतमा परेका हरेक नेपालीलाई राहत उपलब्ध गराउनु आफुहरुको कर्तब्य रहेको बताए ।

जनकपुर उप महानगरपालिकाका मेयर लाल किशोर शाहले सितलहर र जाडोले पीडित सो क्षेत्रका स्थानियलाई सहयोग गरेकामा चेम्बरलाई धन्यवाद ज्ञापन गरेका छन । साथै उनले आगामी दिनमा हुन सक्ने समस्याको न्यूनिकरणका लागि चेम्बरको साथ हुने विस्वास लिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL