Logo

नेपालले विश्व बैंकबाट १५ अर्ब बढीको सहायता लिने, बुधबार हस्ताक्षर हुँदैं

नेपालले विश्व बैंकबाट १५ अर्ब बढीको सहायता लिने, बुधबार हस्ताक्षर हुँदैं



काठमाडौं । नेपाल सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम र ‘युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना’का लागि विश्व बैंकसँग १५ अर्ब बढीको सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।

laxmi

सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि रु २ अर्ब ७४ करोड १३ लाख रुपैयाँ (अमेरिकी डलर २३.९५८ मिलियन ) र ‘युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना’का लागि १३ अर्ब ६३ करोड अमेरिकी डलर १२० मिलियन) सहायता लिन लागेको हो ।

यी दुबै योजनाका लागि सहयोग सम्बन्धी सम्झौतामा बुधबार अर्थ मन्त्रालयमा हस्ताक्षर हुने मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL