Logo

सानो भर्याङ यातायात कार्यालयले उठायो लक्ष्यभन्दा बढी राजश्व, कर्मचारीको कमी

सानो भर्याङ यातायात कार्यालयले उठायो लक्ष्यभन्दा बढी राजश्व, कर्मचारीको कमी



काठमाडौं । सानो भर्याङस्थित प्रदेश नं ३ को यातायात व्यवस्था कार्यालयले आर्थिक बर्ष २०७५/०७६ मा १ अर्ब ४७ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ । कार्यालयले १ अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा थप ४७ करोड रुपैयाँ वृद्धि भएको जानकारी दिएको हो ।

laxmi

सवारी साधन कर सङ्कलन, यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी दर्ता किताबलगायत शीर्षकमा राजश्व सङ्कलन बढेको कार्यालय प्रमुख राजकुमार कपालीले बताए ।

आव २०७६/०७७ को कात्तिक २० गतेसम्म ६० करोड ६४ लाख ४३ हजार रुपैयाँ राजश्व उठेको र सेवाग्राहीको चाप वृद्धि हुँदै गएकाले उनीहरुलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्न जनशक्तिको अभाव रहेको कार्यालयले जनाएको छ । दैनिक सेवाग्राहीको भीड लाग्ने उक्त कार्यालयले ९ जना मात्र कर्मचारी रहेकाले १३ कर्मचारी थप गर्न माग गर्दै आएको छ ।

असारदेखि असोजसम्म सवारी साधनको नवीकरणलगायत कार्य बढ्ने हुँदा सेवाग्राहीको भीड लाग्ने सो कार्यालयमा कामको चाप बढेका बेला राति ९ बजेसम्म पनि काम गर्नुपरेको बताइएको छ ।

कम्पाउण्डसहितको भवन नभएकाले कार्यालय हातामा सेवाग्राहीलाई बीमा कम्पनीका प्रतिनिधि तथा विचौलियाले विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गरेकाले सिसी क्यामेराको सहयोगबाट निगरानी गरी प्रहरीको समन्वयमा कारवाहीसमेत गरिएको प्रमुख कपालीले बताए। उक्त कार्यालयले दैनिक एक हजार २ सय सेवाग्राहीलाई सेवा दिएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL