Logo

एकैदिन ६ सयले घट्यो सुनको मूल्य, प्रतितोला ७० हजार २ सयमा कारोबार

एकैदिन ६ सयले घट्यो सुनको मूल्य, प्रतितोला ७० हजार २ सयमा कारोबार



काठमाडौं । बुधबार सुनको मूल्यमा प्रतितोला ६ सय रुपैयाँको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ओरालो लाग्दा ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

laxmi

मंगलबार ७० हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य बुधबार घटेर ७० हजार २ सय पुगेको हो । पछिल्लो समय सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य पनि ओरालो लागेको छ ।

बुधबार चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भईरहको छ । मंगलबार चाँदीको प्रतितोला ८ सय ६५ रुपैयाँ थियो । मंगलबार भने चाँदीको मूल्यमा २० रुपैयाँको गिरावट आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL