Logo

काठमाडौंमा ‘सन ग्लोबल’ ग्यादरिङ आयोजना हुँदै, विश्वभरका १२ सय उच्च पदस्थको सहभागिता हुने

काठमाडौंमा ‘सन ग्लोबल’ ग्यादरिङ आयोजना हुँदै, विश्वभरका १२ सय उच्च पदस्थको सहभागिता हुने



काठमाडौं । संयुक्त राष्ट्र संघले यसपटक नेपालमा स्केलिङ अप न्युट्रिसन (सन)को ग्लोबल ग्यादरिङ आयोजना गर्ने भएको छ । राष्ट्र संघले राष्ट्रिय योजना आयोगको सहकार्यमा विश्वभरका नागरिकलाई पोषणको पहुँचमा राख्नका लागि उक्त भेला आयोजना गर्न लागेको हो ।

laxmi

राष्ट्रसंघले प्रत्येक २ बर्षमा पोषणको सवालमा विश्वव्यापी जनमत सिर्जना गरी राजनितिक र प्रशासनिक सफलता हाँसिल गर्ने उद्देष्यले विभिन्न मुलुकमा उक्त कार्यक्रम गर्दै आएको छ ।

उक्त कार्यक्रम कात्तिक १८ गतेदेखि २१ गतेसम्म काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजना हुने भएको छ । उक्त भेलामा विभिन्न देशमा राष्ट्रप्रमुख, सरकारप्रमुख, राष्ट्रसंघका पदाधिकारीहरु लगायत १ हजार २ सय जनाको सहभागिता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL