Logo

अर्थमन्त्री खतिवडा अमेरिका प्रस्थान, विश्व बैंक समूह र आईएमएफको बैठकमा सहभागी हुने

अर्थमन्त्री खतिवडा अमेरिका प्रस्थान, विश्व बैंक समूह र आईएमएफको बैठकमा सहभागी हुने



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिका प्रस्थान गरेका छन । अमेरिकाको वासिङ्गटन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन उनी मंगलबार अमेरिका प्रस्थान गरेका हुन ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत नेपाल दक्षिण पूर्व एशियाली मतदान समूहको सदस्य रहेको सन्दर्भमा सो समूहद्वारा आयोजना हुने संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडा सहभागी हुनु हुने कार्यक्रम रहेको छ । उनले विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका वरिष्ठ अधिकारीहरुसँग द्विपक्षीय छलफल गर्नेछन ।

खतिवडाले अन्तर्राष्ट्रिय विकास संस्थाबाट नेपालको नीतिगत सुधारको लागि प्राप्त हुदै आएको सहायतालाई थप प्रभावकारी बनाउने उपायलगायत सहायताका थप क्षेत्र र सम्भावना बारे विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा सहभागी हुने सिलसिलामा संघीयता कार्यान्वयनको क्रममा नेपालले हासिल गरेका अनुभवको आदान प्रदान गर्ने कार्यक्रममा अर्थमन्त्री डा. खतिवडा सहभागी हुनेछन । साथै विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थासँग नेपालको सहकार्य ५० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा समेत सहभागी उनी सहभागी हुनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL