Logo

सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँले बढ्यो, ६९ हजार ८ सयमा कारोबार

सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँले बढ्यो, ६९ हजार ८ सयमा कारोबार



काठमाडौं । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । बुधबार छापावाल सुनको मूल्य ६९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ ।

laxmi

सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर ६९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन ६९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन मंगलबार ६८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी प्रति तोला ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL