Logo

एनआरएनएको अध्यक्षमा पन्तको उम्मेदवारी घोषणा, यस्ता छन चुनावी एजेण्डा

एनआरएनएको अध्यक्षमा पन्तको उम्मेदवारी घोषणा, यस्ता छन चुनावी एजेण्डा



काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् ।

laxmi

स्वदेशको समृद्धि र लगानीमैत्री वातावरणलाई प्रथमिकता दिँदै उनले शुक्रबार आफ्नो उमेद्वारीको घोषणा गरेका हुन् । यस अघि उनी वर्तमान कार्यसमितिमा रहेर काम गरिसकेका छन । जर्मन तथा युरोपका विभिन्न देशहरुका होटेलमा लगानी गरेका पन्तले नेपालका जलविद्युत, बैंकिङ र सिमेण्ट उद्योगमा लगानी गरेका छन् ।

उनले आउने निर्वाचनबाट आफु अध्यक्ष पदमा निर्वाचित भए बैदेशिक रोजगारीलाई व्यवस्थापन गर्ने, एनआरएनएको नागरिकता र मतदानको अधिकारलाई समेत सुनिश्चित गर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL