Logo

सडकको धुलो उठाउन दशैंपछि २ नयाँ ब्रुमर थप्दै कामपा, लागत मात्रै १० करोड

सडकको धुलो उठाउन दशैंपछि २ नयाँ ब्रुमर थप्दै कामपा, लागत मात्रै १० करोड



काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका सडकको धुलो उठाउन दशैंपछि २ ओटा नयाँ ब्रुमर थप्ने भएको छ । हाल काठमाडौका विभिन्न सडकमा संचालित ७ ब्रुमरसँगै कामपाले दशैंपछि अन्य २ ब्रुमर थप्ने जानकारी दिएको हो ।

laxmi

हाल कामपाले रत्नपार्क, ज्ञानेश्वर, दरवारमार्ग लगायतका रुटहरुमा सातैओटा ब्रुमर संचालन गरिरहेको छ । दशैंपछि कामपाले अन्य रुटमा संचालन गर्नका लागि २ ओटा नयाँ ब्रुमर भित्र्याउने गरी सम्झौता भएको कामपाका वातावरण व्यवस्थापन विभाग प्रमुख हरी कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दशैंपछि आउने नयाँ ब्रुमर पनि हालसम्म ल्याईएको डेलुगो कम्पनीकै हुनेछन । यी २ ब्रुमरहरुको लागत भने १० करोडसम्म पुग्ने अनुमान गरिएको उनको भनाई छ । कामपाले ईटालियन कम्पनी डेलुगोका हालसम्म ७ ओटा ब्रुमर खरिद गरिसकेको छ ।

काठमाडौंका सडकहरुमा जती ब्रुमर संचालनमा ल्याइएपनि सबै निकायको मिलमतो नहुँदासम्म सुधार नहुने उनको भनाई छ । ‘खानेपानीको पाईप विछ्याउन या, ढल विछ्याउन सडक खनिन्छ तर त्यसको बेलैमा मर्मत हुँदैन,’ उनले भने, ‘यस्तो अवस्थामा कामपाले ब्रुमर लगायपनि नलगाय सरी हुन्छ र समस्या ज्युँको त्युँ हुन्छ ।’

कामपाले सडक स्वच्छताका लागि भन्दै ढल सफा गर्ने मेशिन, ब्रुमर, सडक धुने पानीको ट्यांकी लगायतका उपकरणहरु परिचालन गरेपछि केही हदसम्म भने सडकको दुरावस्थामा कमि आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL