Logo

आईतबार सुनको मूल्य घट्यो, तोलाको ७१ हजार ५ सयमा कारोबार

आईतबार सुनको मूल्य घट्यो, तोलाको ७१ हजार ५ सयमा कारोबार



काठमाडौं । गत हप्ता देखि ओरालो लागेको सुनचाँदीको मूल्य साताको पहिलो दिनमा समेत ओरालो लागेको छ । साताको पहिलो दिन आईतबार सुन प्रति तोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

laxmi

शुक्रबार प्रति तोला ७२ हजार रुपैयाँमा कारोबार भएको सुन आईतबार ५ सय रुपैयाँले घटेर ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन चाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार ७१ हजार ७ सय रुपैयाँमा कारोवार भईरहेको सुनको मूल्य आईतबार ५ सय रुपैयाँले घटेर ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको हो ।

चाँदीको मूल्य भने आईतबार ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार ९ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आईतबार १५ रुपैयाँले घटेर ८ सय ८५ मा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL