Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य २० रुपैयाँले बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको मूल्य २० रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य भने वृद्धि भएको छ । मंगलबार ८ सय ६० रुपैयाँ प्रति तोलामा कारोबार भएको चाँदीको मूल्य बुधबार २० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँ पुगेको छ ।

laxmi

सोमबार हाल सम्मकै उच्च मूल्य ७३ हजार ५ सय रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार घटेर ७२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भईरहेको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य सोमबार ७३ हजार २ सय रुपैयाँमा कारोबार भए पनि मंगलबार र बुधबार भने ७२ हजार ३ सयमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL