Logo

ललितपुर महानगरपालिकाले संचालनमा ल्यायो ब्रुमर र पानी ट्याङ्कर, दैनिक सडकको धुलो उठाईने

ललितपुर महानगरपालिकाले संचालनमा ल्यायो ब्रुमर र पानी ट्याङ्कर, दैनिक सडकको धुलो उठाईने



काठमाडौं । ललितपुर महानगरपालिकाले सडकको धुलो उठाउनका लागि ब्रुमर र पानी ट्याङ्कर संचालनमा ल्याएको छ । महानगरिपालिकाले हालै खरिद गरेका २ ओटा ब्रुमर र २ ओटा पानी ट्याङ्कर शुक्रबारदेखि संचालनमा ल्याएको हो । धुलोमुक्त महानगर बनाउनका लागि महानगरपालिकाले गत साउनमा पानी ट्याङ्कर र ब्रुमर भित्र्याएको थियो ।

laxmi

ईटालीमा बनेका युरो ४ मापदण्ड अनुरुपका उक्त ब्रुमर र पानीट्याङ्करले ललितपुरका विभिन्न सडकहरुको धुलो उठाउँदै सफा गर्नेछन । डिजेलबाट चल्ने उक्त ब्रुमरमा ६ सय २० लिटर पानी र ६ घनमिटर पानी भण्डारण गर्ने क्षमता रहेको छ ।

महानगरपालिकाका अनुसार उक्त २ ओटा ब्रुमरका लागि गत बर्ष मंसिरमा बोलपत्र आह्वान गरिएको थियो । यस्तै पानीट्याङ्करका लागि भने गतबर्ष माघ २१ गते बोलपत्र आह्वान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL