Logo

प्राकृतिक विपद्सँगै मन्त्रिपरिषदको आकस्मिक बैठक, यस्ता छन ९ बुँदे निर्णय

प्राकृतिक विपद्सँगै मन्त्रिपरिषदको आकस्मिक बैठक, यस्ता छन ९ बुँदे निर्णय



काठमाडौं । पछिल्लो केहिदिन यता अविरल बर्षाका कारण नेपालका विभिन्न क्षेत्रमा बाढी पहिरोले धनजनको क्षती पुर्याएपछि आकस्मिक मन्त्रिपरिषद बैठक बसेको छ ।

laxmi

आईतबार बसेको मन्त्रीपरिषद बैठकले बाढी तथा पहिरोमा परि मृत्यु भएकाका परिवारलाई राहत दिने, घाईतेको उपचार सरकारले व्यहोर्ने, अपांगलाई यथोचित व्यवस्था मिलाउने जस्ता निर्णय गरेको छ ।

हालसम्म तराईका विभिन्न जिल्लामा आएको बाढी र पहाडका जिल्लामा आएको पहिरोका कारण ५१ जनाको मृत्यु, ३१ जना वेपत्ता, २८ जना घाईते तथा १० हजार घर विस्तापित भएका छन ।

मन्त्रिपरिषदको बैठकले प्रकोप क्षेत्रमा सहजताका, उद्धार तथा राहतका लागि विभिन्न निकायहरु खटिने निर्णय गरेको छ ।
यस्ता छन मन्त्रिपरिषदका ९ निर्णय

प्रतिक्रिया दिनुहोस्
MBL