Logo

प्रधानमन्त्री ओलीलाई सांसद रंगमतीको प्रस्ताव : मेरो स्कुटरको पछाडी बसेर रिङरोड घुमौं

प्रधानमन्त्री ओलीलाई सांसद रंगमतीको प्रस्ताव : मेरो स्कुटरको पछाडी बसेर रिङरोड घुमौं



काठमाडौं । सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो स्कुटरको पछाडी बसेर रिङरोड घुम्ने प्रस्ताव गरेकी छन । संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसद शाहीले मास्क लगाउनेको जनसंख्या घटेको प्रधानमन्त्रीको अभिव्यक्तीमा विरोध जनाउँदै स्कुटरको पछाडी बसेर घुम्न आग्रह गरेकी हुन ।

laxmi

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि काठमाडौंमा अघिल्लो बर्षको तुलनामा धुवाँ र धुलोमा कमी आई मास्क लगाउनेको संख्या आधाले घटेको बताएका थिए । सोही अनुसार सांसद शाहीले काठमाडौंमा धुलो घटे या नघटेको हेर्नका लागि स्कुटरको पछाडी बसेर घुम्न प्रम ओलीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महाशेठ मार्फत आग्रह गरेकी हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL