नेपाल गुणस्तर तथा नापतौल कार्यालयले गर्याे २ हजार व्यापारीलाई कारवाही

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले २ हजार ४ सय ४९ व्यापारीलाई कारवाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको हालसम्म कार्यालयले नाप्ने तथा तौलने यन्त्र जाँच तथा नवीकरण नगराएको भन्दै ती व्यापारीलाई कारवाही गरेको हो ।

कार्यालयका प्रमुख एवं उपसचिव राकेशकुमार झाले तौलमा घटी बढी गरेर सामान बिक्री वितरण गर्ने तथा समयमा नाप्ने तौलने यन्त्र परीक्षण नगर्ने व्यापारीलाई कारवाही गरेको जानकारी दिएका छन । ‘नापतौल कार्यालयको मापदण्ड विपरीत काम गर्ने व्यापारीलाई कारवाही गरेका हौँ’, उनले भने ।

furnishing expro 2076 nepal
Parvotsav Suzuki

चालू आवमा १ हजार ४३ व्यापारीले नाप्ने तथा तौलने यन्त्रका लागि अनुमतिपत्र प्राप्त गरेका छन् भने ४५ व्यापारीको इजाजतपत्र नवीकरण गरिएको छ । तीन हजार ७३४ व्यापारीले नाप्ने तथा तौलने यन्त्र, ४ सय ६२ पटक पेट्रोलियम पदार्थ वितरण गर्र्ने पेट्रोल पम्प र ३० पटक पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करलाई जाँच गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले चालू आवमा नापतौल यन्त्र दर्ता, नवीकरण तथा पेट्रोलपम्प जाँचबाट ९२ लाख ७१ हजार ३ सय ३ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।रासस


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status