एडीबी बैठकमा भाग लिन फिजी जाँदै अर्थमन्त्री, संघियता कार्यान्वयनलाई स्रोत जुटाउन पहल

yubraj-khatiwoda-akhabardainik

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन फिजी जाने भएका छन । आगामी मे २ देखि ५ तारिखसम्म फिजीको नादीमा आयोजना हुने बैठकमा भाग लिन अर्थमन्त्री खतिवडा आज बेलुका ९ बजे फिजी प्रश्थान गर्ने भएका हुन ।

मन्त्री खतिवडाले नेपालको गभर्नरको रुपमा वार्षिक बैठकका विषय सूचीहरुमा धारणा राख्ने कार्यक्रम छ । बैठकमा अर्थमन्त्री खतिवडाले एशियाली विकास बैंकका अध्यक्ष तथा दक्षिण एशियाका महानिर्देशक, युरोपियन लगानी बंैक, ओफिडलगायतका वित्तिय संस्थाहरुका उच्च पदस्थ प्रतिनिधिहरुसँग महत्वपूर्ण छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

Bajaj Pulsar Bizkhabar
Suzuki SPresso
Nepaltop Water Tank Sab Thik Thak Bizkhabar TWS

उनले दक्षिण एशियाली क्षेत्रिय सहयोग (सार्क) अर्थमन्त्रीस्तरीय अनौपचारिक बैठकलाई अध्यक्षता गर्दै सम्बोधन गर्नेछन । यसका साथै सार्क विकास कोषको गर्भनिङ काउन्सिलको बैठकमा समेत उनी सहभागी हुने कार्यक्रम रहेको छ ।

उनले बैठक र द्धिपक्षीय वार्ताको क्रममा नेपालको संंघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्नुका साथै नेपालमा लगानीको वातावरण सुधार हुदै गएको सन्देश विश्व समुदायका वित्तीय क्षेत्रका जानकारहरुलाई दिने छन ।

उनले मुलुक संघीयता कार्यान्वयनको चरणमा भएकाले वित्तीय संघीयतालाई व्यवहारिक रुपमा सफल कार्यान्वयनको प्रक्रियामा प्रवेश गरेको विश्व समुदायलाई जानकारी दिनेछन । बैठकमा सहभागी हुन अर्थमन्त्री सहित अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको टोली मंगलबार बेलुका ९ बजे फिजी प्रश्थान गर्नेछन । अर्थमन्त्री खतिवडा २१ गते साँझ स्वदेश फर्किने कार्यक्रम छ ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status