Logo

त्रिकोण एडभर्टाइजिङको सामाजिक उत्तरदायित्व, क्यान्सर केयर फाउन्डेसनलाई विद्युतिय उपकरण हस्तान्तरण

त्रिकोण एडभर्टाइजिङको सामाजिक उत्तरदायित्व, क्यान्सर केयर फाउन्डेसनलाई विद्युतिय उपकरण हस्तान्तरण



काठमाडौं । विज्ञापन एजेन्सी त्रिकोण एडभर्टाइजिङ सर्भिसले क्यान्सर केयर फाउन्डेसनलाई कम्प्युटर लगायत विद्युतिय उपकरण हस्तान्तरण गरेको छ ।

laxmi

कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तलाई उक्त सामग्री हस्तान्तरण गरेका छन । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फाउन्डेसनलाई सहयोग गरेको हो ।

कार्यक्रममा बोल्दै संस्थाकी महासचिव डा.सरिता घिमिरेले प्रारम्भिक चरणमै स्क्रिनिङ गरी क्यान्सरको सम्भावना टार्ने वा थोरै खर्चमा उपचार गरेर क्यान्सरबाट टाढा रहन सक्ने जानकारी दिएकी छिन ।

‘बेलैमा स्क्रिनिङ गरे सात दिनमा ५ हजार रुपैयाँको ओखतिले क्यान्सरको जोखिमबाट मुक्त हुन सक्छ’, अध्यक्ष पन्तले भने ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकारी कार्य गर्ने व्यापारिक प्रतिष्ठानहरुलाई फाउन्डेसनलाई सहयोग गर्न आग्रह समेत कम्पनीका प्रबन्ध निर्देशक अर्यालले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL