Logo

अर्थमन्त्रीले भने : लगानीको प्रतिफल लिन पूर्वधार विकास अनिवार्य

अर्थमन्त्रीले भने : लगानीको प्रतिफल लिन पूर्वधार विकास अनिवार्य



काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सामाजिक क्षेत्रमा भएको लगानीको प्रतिफल लिन कृषि, शिक्षा, स्वास्थ्य, उर्जालगायतका क्षेत्रको उत्पादन बढाउन यातायात पुर्वाधारमा विकास गर्नुपर्ने बताएका छन ।

laxmi

अर्थमन्त्री खतिवडाले मंगलबार राजधानीमा नेपाल व्यवस्थापन संघको ३८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन । उनले कार्यक्रमलाई सम्बोधन गर्दै सबै पूर्वाधार विकासका लागि सहज सुरक्षित र दीगो सडक सञ्जाल निर्माणमा लगानी अति महत्वपूर्ण भएको बताएका हुन ।

‘आम नागरिकले घरबाट बाहिर निस्किने बित्तिकै राम्रो सडक होस् भन्ने चाहनासहित आरामदायी यात्रा गर्न खोज्नु स्वभाविक हो’ अर्थमन्त्री खतिवडाले भने । तर यस्का लागि विद्यालय, स्वास्थ्य चौकी जान पनि बाटो चाहिने भएकाले यातायातमा सरोकारवाला निकायले उच्च प्राथमिकतामा गुणस्तरीय लगानी गर्नुपर्छ ।

संयुक्त राष्ट्र संघले तय गरेका दिगो विकासका १७ लक्ष्य मध्ये ९ लक्ष्य भौतिक पूर्वाधारलाई मानेको भन्दै उनले व्यापारिक र व्यवसायिक लागत घटाउन पनि राम्रो पूर्वाधार निर्माण हुनुपर्ने बताए । व्यापारको लागत कम गर्न उपयुक्त पूर्वाधार निर्माण हुनुपर्ने भन्दै कृषि तथा औद्योगिक क्षेत्रको पूर्वाधारका लागि पनि उपयुक्त सडक विकास अनिवार्य भएकाले त्यस तर्फ सरकारको उच्च प्राथमिकता रहेको समेत जानकारी दिएका छन ।

यातायात क्षेत्रको सुदृढीकरणका लागि सरकारका विभिन्न निकायले काम गरिरहेको भन्दै मन्त्री खतिवडाले रेलवे, मेट्रो तथा पानीजहाजको विकासका लागि पनि काम भैरहेको जानकारी दिनुएका छन । सहज यातायातका लागि सम्पूर्ण क्षेत्रले आफ्नो स्तरबाट काम अघि बढाएमा मुलुक छिट्टै आर्थिक विकास र समृद्धिको लक्ष्यमा अघि बढ्न सहयोग मिल्ने बताएका छन ।

मन्त्री खतिवडाले भौतिक संरचनालाई लागत र वातावरणमैत्री बनाउने, मर्मत सम्भारलगायतको व्यवस्थापन गर्न स्थापना भएका संस्थालाई भूमिका के हुन्छ भन्ने विषयमा स्पष्ट धारणा बनाउन जरुरी भएको भन्दै व्यवस्थापनलाई सघाएर विकासमा जादाँ सहभागिता मुलक पक्षमा समेत जोड दिएमा विकासले छिटो गति लिने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL