Logo

यातायात ब्यवस्था ऐनको संसोधन, लाईसेन्स लिने उमेरहद बढ्यो, जरिवानामा तीन गुणा वृद्धि गरिदै

यातायात ब्यवस्था ऐनको संसोधन, लाईसेन्स लिने उमेरहद बढ्यो, जरिवानामा तीन गुणा वृद्धि गरिदै



काठमाडौं । सरकारले २८ बर्ष पुरानो यातायात ब्यबस्था ऐन संशोधन गर्दै प्रदेश अन्तरगतका नीति नियमहरु बनाउने भएको छ । यातायात ब्यवस्था विभागले देश संघीय संरचनामा गएसँगै पुराना ऐन तथा नीतिलाई परिवर्तन गर्दै संघीय सवारी तथा यातायात ब्यवस्था ऐन ल्याउन लागेको हो ।

laxmi

मौजुदा ऐनमा व्यवस्था भएको सवारी जरिवाना तथा विभिन्न व्यवस्थामा परिवर्तन गर्न लागिएको विभागका प्रवक्ता एवं निर्देशक गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार सवारी साधनले सडक नियममा गल्ती गरे हालसम्म लाग्दै आएको जरिवानामा ३ गुणाभन्दा बढीसम्म जरिवाना लिन पाईने नियम ल्याईदैछ ।

यस्तै उक्त नयाँ ऐनमा नेपाली सवारीचालक लाईसेन्सका लागि भनेर छुट्टै नीति ल्याईको छ । ‘सवारी चालकको लाईसेन्स सम्बन्धी ऐनमा नेपालको लाईसेन्स विदेशमा पनि चल्ने हिसावले नीति ल्याइनेछ’, उनले भने, ‘साथै ऐन संशोधनसँगै लाईसेन्सलाई १० बर्षमा एकचोटी नविकरण गरे हुने नीति पनि ल्याइनेछ ।’

यसअघि नेपाली लाईसेन्स बोकेर विदेशमा सवारी चलाउन नपाईने ब्यबस्था थियो । यस्तै उक्त ऐन संशोधन भएसँगै अब नेपाली लाईसेन्स बोकेरै पनि विदेशमा सवारीसाधन चलाउन पाईने भएको छ । यस्तै लाईसेन्स लिनलाई पनि अब १८ बर्ष पुगेको हुनुपर्नै नीति ल्याईँदै गरेको उनको भनाई छ । सवारीसाधन हेरेर २ पांग्रेका लागि हालसम्म १६ बर्ष पुगे हुनेमा अब उक्त २ पांग्रे सवारीसाधनको लाईसेन्स लिनका लागि १८ बर्ष पुगेको हुनुपर्नेछ । यस्तै ४ पांग्रेका लागि भने २५ बर्षे उमेरहद तोकिने भएको छ ।

यातायात व्यवस्था ऐनमा ट्राफिक नियम उल्लङ्घनको जरिवाना प्रकृति हेरेर बढीमा तीन गुणासम्म बढाउन लागिएको निर्देशक उपाध्यायले जानकारी दिए ।

ट्राफिक नियम उल्लङ्घनमा हाल सामान्यतया ५ सय रुपैयाँ देखि ५ हजारसम्म जरिवाना तोकिएको छ । विभागले नयाँ ल्याउने ऐनमा ९ हजारसम्मको पनि जरिवाना गर्न सक्ने गरी नीति परिवर्तन गर्न लागेको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

यस्तै उनले टुटल र पठाओ जस्ता राईड सेयरिङ कम्पनीका लागि कुनै छुट्टै ऐन नल्याएको भएपनि यस्ता कम्पनीलाई काम गर्न सहज हुने ढंगले ब्यवस्था गरिने समेत उनले बताएका छन ।

सोही नयाँ ऐनमा पुराना धेरै किसिमका नीति तथा नियमहरु कटौती पनि गरिएको उनले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL