Logo

स्मार्टकार्डमा फेरी चुलियो विवाद, लाइसेन्स छाप्ने कम्पनी आउट सेवाग्राहीले अझै लाईसेन्स नपाउने

स्मार्टकार्डमा फेरी चुलियो विवाद, लाइसेन्स छाप्ने कम्पनी आउट सेवाग्राहीले अझै लाईसेन्स नपाउने



काठमाडौं । यातायात ब्यबस्था विभागले स्मार्टकार्ड लाईसेन्स अब आफै छाप्ने भन्दै लाईसेन्स छापीरहेको मालिकालाई जिम्मेवारीबाट हटाउने भएको छ । २ महिनाअघि पेन्डीङमा रहेका करिब ५ देखि ६ लाख लाईसेन्स छाप्नका लागि जिम्मा पाएको मालिका ईन्कर्पाेरेटको समयसीमा सकिएपछि विभागले आफैले लाईसेन्स छाप्ने भन्दै कम्पनीलाई जिम्मेवारीबाट हटाउने भएको हो ।

कम्पनीले पेन्डीङमा भएका स्मार्टकार्ड लाईसेन्स २ महिनामा छाप्ने जिम्मा लिएको थियो । विभागले करिव ३ महिना अघि मालिका ईन्कर्पाेरेटलाई २ महिनाभित्र कार्ड छाप्ने जिम्मा दिएको थियो । कम्पनीले पनि विभागले जिम्मा दिएअनुसार प्रतिदिन १५ देखि २० हजारका दरले २ महिनामा ५ लाख कार्ड छाप्ने भन्दै सम्झौता गरेको थियो । तर बेलाबेलामा विभागको डाटामा आएको समस्याका कारण भने अनुसार कार्ड छाप्न नसकेको मालिकालाई विभागले कार्ड छाप्ने जिम्मेवारीबाट हटाएको हो ।

मालिका ईन्कर्पाेरेटका प्रबन्ध निर्देशक सुरेन्द्र ढकाल भने विभागको डाटामा समस्या आएका कारण कम्पनीले भने अनुसार लाईसेन्स छाप्न नसकेको बताउँछन् । ‘विभागलाई हामीले डाटामा आएको समस्या समाधान भएदेखि दिन गन्नु भनेका थियो तर त्यसो भएन,’ उनले भने, ‘विभागले डाटामा आएको ईरर हटाएदेखि हामीले काम आफ्नै गतिमा गरिरहेका थियौं तर विभागसँग पर्याप्त कार्ड नभएकाले नै हामीलाई उक्त कामबाट पाखा लगाउन लागिएको हो ।’

मालिकाले भनेअनुसार कार्ड छापेको बताएपनि विभागले भने कम्पनीको लाईसेन्स छाप्ने समयसीमा सकिएको भन्दै सम्झौता अनुसार नै जिम्मेवारीबाट पन्छाएको जानकारी दिएको छ ।

विभागमा प्रतिदिन १० देखि २० हजार जनाले लाईसेन्सको लागि आवेदन दिने गरेका छन जसका लागि हाल विभागसँग लाईसेन्स छाप्नका लागि सोही अनुसारको न पूर्वाधार छ न वितरण गर्नका लागि कार्डहरु नै छन । विभागले मालिकालाई जिम्मेवारीबाट हटाएर आफैले लाईसेन्स छाप्ने भनिरहँदा स्मार्ट लाईसेन्स पाउने आशमा १ बर्ष विताएका सेवाग्राहीले अझै महिनौं कुर्नुपर्ने देखिएको छ ।

हाल विभागले १० लाख कार्डका लागि बोलपत्र आह्वान गरिसकेकाले छ । यो प्रक्रिया अन्तिम चरणमा पुगेको र विभागले नै तीव्र रुपमा लाईसेन्स छाप्ने योजना रहेको विभागका निर्देशक गोकर्ण उपाध्यायले जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL