Logo

आन्तरिकतर्फ हवाई भाडा घट्यो, हेर्नुहोस कहाँ कति घट्यो ?

आन्तरिकतर्फ हवाई भाडा घट्यो, हेर्नुहोस कहाँ कति घट्यो ?



काठमाडौं । नेपाल वायुसेवा संचालक संघले आन्तरिकतर्फको हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले आन्तरिक वायुसेवाको हवाई इन्धनको मूल्य घटाएसँगै संघले आन्तरिकतर्फको हवाई भाडा घटाएको हो ।

आन्तरिक वायुसेवा कम्पनीले विभिन्न रुटमा न्युनतम ९० रुपैयाँदेखि बढीमा ४ सय ४० रुपैयाँसम्मले हवाई भाडा घटाएको संघले जानकारी दिएको छ ।

निगमले शुक्रबारदेखि लागू हुने गरी आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँले मूल्य घटाएको थियो । सोही अनुरुप संघले हवाई भाडा पनि घटाएको हो ।

संघले आईतबारदेखि लागू हुनेगरी उक्त भाडा घटाएको हो । माउन्टेन फ्लाइटसहित काठमाडौं विमानस्थललाई आधार बनाएर ११ वटा गन्तव्यको लागि हवाई भाडा घटाएको संघले जानकारी दिएको छ ।

संघले सबैभन्दा कम काठमाडौंबाट सिमराको लागि ९० रुपैयाँ र सबैभन्दा बढी काठमाडौंबाट धनगढीको लागि ४ सय ४० रुपैयाँले घटाएको छ ।

यसैगरी काठमाडौं विमास्थलबाट उडान हुने पोखरा १५५, भरतपुर ११०, विराटनगर २४०, जनकपुर १३०, भैरहवा २०५, नेपालगन्ज ३२५, भद्रपुर ३०० र तुम्लिङटारको लागि १८५ रुपैयाँले हवाई भाडा घटेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL