Logo

सरकारलाई नेपाल चेम्बर अफ कमर्सको सुझाव, मदिरा ब्यबसाय बन्द गरिनु हुँदैन

सरकारलाई नेपाल चेम्बर अफ कमर्सको सुझाव, मदिरा ब्यबसाय बन्द गरिनु हुँदैन



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधि मण्डलले गृहमन्त्री राम बहादुर थापा लाई सुझाव पेस गरेको छ । शुक्रबार उक्त प्रतिनिधि मण्डलले मदिरा उत्पादन र बिक्रि वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धि कार्यकारी आदेश, २०७५ को मस्यौदा उपर सुझाव पेस गरेको हो ।

चेम्बरका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले पेश गरेको उक्त सुझाव पत्रमा नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ, नेपाल मदिरा उत्पादक संघ, नेपाल वाइन उत्पादक संघ, नेपाल मदिरा महासंघ, होटल संघ नेपाल लगायतका अन्य सम्बन्धित व्यवसायीहरुबाट प्राप्त सुझावहरु समेत समाबेश गरिएको थियो ।

सो सुझावपत्रमा मदिरालाई लागु औषध जस्तै हानिकारक दर्जामा राख्न नहुने, पर्यटन विभाग अन्तर्गत रहेको २०७० सालको होटलहरुको स्तर निर्धारण मापदण्डमा तारे होटलहरुमा अनिवार्य रुपमा २४ सै घण्टा खुल्ला हुने रेस्टुरेन्ट र ५ तारे होटलको प्रत्येक कोठामा मिनी बारको व्यवस्था हुनुपर्ने भन्ने बाध्यात्मक ब्यबस्था खारेज हुनुपर्ने लगायतका माग राखिएको थियो ।

यस्तै उक्त सुझाव पत्रमा नेपालमा आउने ९० प्रतिशत विदेशी पर्यटकहरुको जिवनस्तर, रहनसहन र इच्छाअनुसारको सेवा उपलब्ध गराउनुपर्ने बाध्यता रहने र प्रस्तावित मदिरासम्बन्धी आदेशले पर्यटकहरुले लिने होटलभित्रकै सुविधामा पनि बन्देज लाग्ने भएकोले आतिथ्यतामा उद्योगको अभिवृद्धिमा समेत प्रत्यक्ष असर पर्नसक्ने बुँदा समावेश गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL