Logo

नेपाली उत्पादन अनिवार्य प्रयोग गर्नुपर्ने निर्देशिका ल्याउँदै सरकार, घरेलु उद्योगलाई प्रोत्साहन

नेपाली उत्पादन अनिवार्य प्रयोग गर्नुपर्ने निर्देशिका ल्याउँदै सरकार, घरेलु उद्योगलाई प्रोत्साहन



काठमाडौं । सरकारले नेपाली उत्पादनलाई बढावा गर्न अनिवार्य रुपमा नेपाली उत्पादन प्रयोग गर्नुपर्ने निर्देशिका ल्याउने भएको छ । नेपालका सरकारी कार्यालयका कर्मचारीको पहिरनमा नेपाली उत्पादन प्रयोग गर्नुपर्ने ऐन भएपनि त्यसको कार्यान्वयन नभएपछि सरकारले अनिवार्य प्रयोग सम्बन्धी निर्देशिका ल्याउन लागेको हो ।

शुक्रबार नेपाल फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसनको १५ औं औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवले अहिलेको सरकार, अर्थमन्त्रालय लगायतको सहयोगमा उक्त निर्देशिका ल्याउन लागेको जानकारी दिएका हुन ।

‘ऐनमा भएको भएपनि निर्देशिका भने आईसकेको थिएन,’ उनले भने, ‘म आफै ६ महिना दौडिएर पनि उक्त निर्देशिका बनाउन सकेको थिएन हालै बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्देशिका बनाउने भएको हो ।’

कार्यक्रममा बोल्दै उनले नेपाली उद्योगीले समयको माग अनुसार उत्पादन अपग्रेड गरेर अगाडी बढे नेपाली उत्पादनको उपभोग गर्नमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै उनले नेपालका घरघरमा उद्योग भन्ने नारालाई आत्मसात गर्दै उद्योगी ब्यबसायीले ग्रामिण भेगमा शीप र तालिम प्रदान गरेर घरघरमा पापड, मैनबत्ती लगायतका बस्तु उत्पादन गर्नमा सहयोग गर्न सकिने बताए ।

नेपालमा राजतन्त्र गएपनि नेपालीहरुको मन तथा बानी भने राजतन्त्रमा भएका विभिन्न क्रियाकलापले प्रभाव पारको जानकारी दिँदै मन्त्री यादवले आफुलाई सर्वसम्मान मान्ने अवधारणाको पनि अन्त्य गरिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसनका अध्यक्ष कृष्ण्रसाद फुयाँलले खुला सिमा नाका बाट हुने गरेको चोरी पैठारी, दक्ष जनशक्तीको कमि, कच्चा पदार्थको अभाव लगायतका समस्याले नेपालमा यो क्षेत्रका उद्योगहरु नफस्टाएको बताए । उनले १ बर्षमा १ लाख जनालाई रोजगार प्रदान गर्ने राज्यको लक्ष्यलाई जुत्ता चप्पल उद्योगले मात्रै लगभग ५० प्रतिशत सहयोग गर्ने जानकारी दिए ।

नेपाली जुत्ता उद्योगलाई जनशक्तिको अभाव भएपनि सोहि अनुसारको जनशक्ती नहुँदा रोजगारी प्रदान गर्न नसकिएको उनको भनाई थियो ।
साथै सरकारले सही नीति तथा त्यसको कार्यान्वयन गर्न सकेमा जुत्ता चप्पल उद्योगले मात्रै ५ गुणासम्म राजस्व बढाउन सक्ने उनको दावी थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL