Logo

आयल निगमको घाटा चार गुणाले बढ्दै, पेट्रोल र ग्याँसको मूल्यमा उच्च बृद्धि गरिँदै

आयल निगमको घाटा चार गुणाले बढ्दै, पेट्रोल र ग्याँसको मूल्यमा उच्च बृद्धि गरिँदै



काठमाडौं । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै त्यसको असर नेपाल आयल निमग (एनओसी) माथी पर्ने गएको छ ।
पछिल्लो समय इन्डियन आयल कर्पोरेशन (आईओसी)ले ग्याँस तथा पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेसँगै निगमको घाटा उच्च रुपमा बढ्न पुगेको निगमका निमित्त प्रबन्ध निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

आईओसीले एनओसीलाई यही सेप्टेम्बर १ मा पठाएको मूल्य सूची अनुसार निगमलाई मट्टीतेल र हवाई इन्धन बाहेक सबैमा घाटा रहेको छ । यदि नयाँ मूल्य अनुरुप समायोजन नगर्ने हो भने निगमले पेट्रोलमा प्रती लिटर १ रुपैयाँ ११ पैसा, डिजेलमा २ रुपैयाँ ८४ पैसा र ग्याँसमा प्रति सिलिण्डर ३ सय ३१ रुपैयाँ ९१ पैसा घाटा व्यहोर्नुपर्ने देखिन्छ ।

जस अनुसार निगमले १५ दिनमा पेट्रोलबाट २ करोड ३९ लाख, डिजेलबाट १९ करोड ३२ लाख र एलपीजी ग्याँसबाट ३९ करोड ५८ लाख रुपैयाँ घाटा व्यहोर्नुपर्ने हुन्छ ।

आईओसीबाट प्राप्त नयाँ मूल्य अनुसार निगमलाई मट्टीलेल र हवाई इन्धनमा भने केही फाइदा रहेको छ । जस अनुसार निगमले मट्टीतेलबाट १५ दिनमा १ करोड ८१ लाख र हवाई इन्धनबाट २७ करोड ९० लाख रुपैयाँ नाफा हुने देखिन्छ । तर, समग्रमा निगमले नयाँ मूल्य अनुसार पाक्षिक घाटा ३१ करोड ५९ लाख रुपैयाँ व्यहोर्नुपर्ने उनको भनाई थियो ।

पछिल्लो समय दैनिक रुपमा अमेरिकी डलरको मूल्य बृद्धि र अन्तरराष्ट्रिय बजारमा भइरहेको कच्चा तेलको मूल्य बृद्धिका कारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्न पुगेको उनको भनाई थियो । ‘केही समय अघि प्रति ब्यारल ७२ डलर रहेको कच्च तेलको मूल्य बढेर अहिले ७७ डलर पुगेको छ,’ उनले भने, ‘यसैगरी भारतसँगको तुलनमा नेपालमा पेट्रोलमा २६ रुपैयाँ र डिजेलमा २८ रुपैयाँ सस्तो भईसक्यौं ।’ यसअघि भारतमा भन्दा नेपालमा पेट्रोल २३ रुपैयाँ र डिजेल २५ रुपैयाँ सस्तो रहेको थियो ।

अब तत्काल पेट्रेलियम पदार्थ तथा ग्याँसको मूल्य बृद्धि नगरे निगमको घाटा उच्च रुपमा चुलिने समेत उनको गुनासो थियो । ‘हामीले अबका दिनमा पेट्रोलियम पदार्थको मूल्य कसरी समायोजन गर्ने भन्ने विषयमा सरोकारवाला निकायसँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘लामो समयदेखि स्थिर रहेको ग्याँसको मूल्य यसपटक बढ्न सक्छ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL