Logo

कम्युनिष्ट सरकारका मन्त्रीसँग ५०६ तोला सुन, राज्यमन्त्री बुढा एक्लै १५० तोला सुनका मालिक

कम्युनिष्ट सरकारका मन्त्रीसँग ५०६ तोला सुन, राज्यमन्त्री बुढा एक्लै १५० तोला सुनका मालिक



काठमाडौं । वामपन्थी सरकारले मन्त्रीहरुले आफ्नो सम्पती विवरण सार्वजनिक गरेसँगै त्यसले तरङ्ग पैदा गरेको छ । विशेषगरी सरकारमा संलग्न मन्त्रीहरुको सुन मोहप्रति जनताले नकारात्मक टिकाटिप्पणी गरेका छन् ।

हाल सरकारमा संलग्न प्रधानमन्त्री देखि मन्त्रीसम्मले आफुहरुसँग ५ सय ६ तोला सुन भएको सम्पती विवरण सार्वजनिक गरेका छन् । सरकारमा सम्मिलित २२ जना कम्युनिष्ट मन्त्रीहरुको ५ सय तोलाभन्दा बढि सुन हुनु उनीहरुको सुनप्रतिको मोह देखिन्छ ।

जसमा सबैभन्दा बढि सस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री धनबहादूर बुढाको १ सय ५० तोला सुन रहेको छ । त्यसपछि बढि सुन मोह हुनेमा संस्कृति पर्यटन नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी पर्छन । उनले आफुसँग ६० तोला सुन भएको सार्वजनिक गरेका छन् ।

यसैगरी तेस्रो बढि सुन हुने मन्त्रीमा रघुवीर महासेठ रहेका छन् । उनले ५१ तोला सुन हुँदा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको ५० तोला सुन रहेको छ । यस्तै कानुन न्याय तथा संघीय मामिला मन्त्रीको ३० तोला सुन रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीसँग करिव १८ तोला सुन भएको सम्पती विवरण सार्वजनिक गरेका छन् ।

संचार तथा सुचना प्रविधि राज्य मन्त्रीसँग १७ तोला सुन रहँदा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले पनि १६ तोला सुन भएको सम्पती विवरण सार्वजनिक गरेका छन् । ऊर्जा तथा जलस्रोत सिचाई मन्त्री बर्षमान पुन र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री पद्यमाकुमारी अर्यालको १५/१५ तोला सुन रहेको छ । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र अर्थ मन्त्री डा. युवराज खतिवडाको १०/१० तोला सुन रहेको छ ।

सरकारमा संलग्न मन्त्री मध्ये रक्षा मन्त्री इश्वर पोखरलेको करिब ९ तोला, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग ७ तोला रहेको छ भने गृहमन्त्री रामबहादूर थापा र कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रमणी खनालसँग ६/६ तोला सुन रहेका सम्पती विवरण सार्वजनिक गरेका छन् ।

यस्तै खानेपानी मन्त्री विना मगर र बन तथा वातावरण मन्त्री शक्ति बस्नेतसँग ५/५ तोला, परराष्ट मन्त्री प्रदिपकुमार ज्ञवालीसँग २ तोला, कृषि, भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीसँग २ तोला, महिला बालबालिका तथा ज्येष्ठ नागरिक थममाया थापासँग १ तोला सुन रहेको सम्पती विवरण सार्वजनिक गरेका छन् ।

तर संलग्न मन्त्रीमध्ये शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले भने आफ्नो सम्पती विवरण पेश गरेका छैनन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL