Logo

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइन अन्तीम चरणमा, २०७५ भित्र सम्पन्न हुने

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइन अन्तीम चरणमा, २०७५ भित्र सम्पन्न हुने


रासस
27
Shares

काठमाडौं । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण लाइनको काम पछिल्लो समय तीव्र बनाइएको छ ।

नुवाकोट र रसुवामा उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जोड्ने उद्देश्यले १४ फागुन २०६८ देखि निर्माण शुरु भएको २२० केभी प्रसारण लाईन निर्माणमा तीब्रता दिएको हो ।

२ सय २० केभीको दोहोरो सर्किट प्रसारण लाइनको १ सय ४२ वटा टावरमध्ये १ सय १० को फाउण्डेशन तयार भइसकेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाका उपप्रबन्धक सत्यराम ज्याख्वाले जानकारी दिएका छन ।

‘फाउण्डेशनले बनाइएकामध्ये ६४ वटामा तार जोड्ने काम सकिएको छ ।’ ज्याख्वाले भने । मातातीर्थ स्थित केन्द्रीय प्रसारण लाइन पुर्याउन भूमिगत प्रसारण लाइनका लागि १ कि.मी सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।’
उनका अनुसार प्रसारण लाइनको निर्माण अहिले ५५ प्रतिशत पूरा भएको र तेस्रो पटक थप भएको म्यादअनुसार माघ २०७५ भित्र सम्पन्न गर्ने लक्ष्य पूरा गर्न कामलाई तीव्र बनाइएको हो ।

थ्री ‘ए’ आयोजनाले २०७५ माघ २६ मा विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले सोही समय अगाडि नै प्रसारण लाइन निर्माण सम्पन्न गर्नुपर्ने बाध्यता छ । तोकिएको समयमा प्रसारण लाइन पूरा नभएमा थ्री ‘ए’ ले उत्पादन गर्ने विद्युत खेर जाने जोखिम देखिन्छ ।
नुवाकोट र रसुवामा उत्पादित करीब ९ सय मेगावाट विद्युत्लाई एकै ‘हब’ मार्फत केन्द्रीय प्रसारण लाइनसम्म जोड्न ४५ किमी प्रसारण लाइन निर्माण चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन लि (सिडब्लुई) ले गर्दै आएको छ ।

यो प्रसारण लाइनमार्फत यहाँका दुई जिल्लामा निर्माण भइरहेको रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली–१, त्रिशूली थ्री ‘ए’, थ्री ‘बी’, मध्ये त्रिशूली गंगा, गल्छी–त्रिशूलीसहित सानाठूला गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने योजना बनाइएको छ ।

२ अर्ब ५० करोड रुपैंया लगानीमा निर्माण भइरहेको प्रसारण लाइन विस्तारको कामको अनुगमन तथा व्यवस्थापन थ्री ‘ए’ आयोजनामार्फत भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL