Logo

परराष्ट्रमन्त्रीको चीन भ्रमण, प्राथमिकतामा भौतिक पूर्वाधार

परराष्ट्रमन्त्रीको चीन भ्रमण, प्राथमिकतामा भौतिक पूर्वाधार


रासस
54
Shares

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी सँगको मैत्रीपूर्ण र सन्तुलित सम्बन्धमा प्राथमिकता दिइने बताएका छन ।

परराष्ट्र मन्त्रालयद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको कूटनीतिक संयन्त्रलाई परिचालन गरेर सम्बन्ध विस्तार गरिने लक्ष्य रहेको बताएका छन ।

सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता र मुलुकको स्वाधीनता कायम गर्दै आर्थिक विकास र समृद्धिको गन्तव्यमा पुग्ने उद्देश्य प्रस्तुत गर्दै मन्त्री ज्ञवालीले मित्रराष्ट्रसँग व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार तथा विकाश साझेदारसँग विश्वास र सद्भावको सम्बन्ध कायम गरी विकास र समृद्धिमा समर्थन र सहयोग जुटाइने बताएका हुन ।

परराष्ट्रमन्त्री चीन जाँदै

छिमेकी मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङयीको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार मन्त्री ज्ञवाली त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

विदेशमन्त्री वाङसँग औपचारिक द्विपक्षीय भेटघाट गर्ने र बेजिङका उच्च राजनेतासँग भेटघाटको कार्यक्रम रहेको मन्त्री ज्ञवालीले जानकारी दिएका छन । उनले भ्रमणका क्रममा विगतमा भएका सहमतिलाई कार्यान्वयन गर्ने विषयमा छलफल हुने बताएका छन ।

मन्त्री ज्ञवालीका अनुसार पारवाहन, अन्तरदेशीय प्रसारण लाइन, सडक एवं अन्य प्राथकिताका क्षेत्रमा छलफल हुनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL