Logo

कुपण्डोलमा जापानी परिकार

कुपण्डोलमा जापानी परिकार



काठमाडौँ । नेपाल–जापानबीच आर्थिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले जापानको राष्ट्रिय खानाको आधिकारिक बिक्री स्थल स्थापना भएको छ ।
ललितपुरको कुपण्डोलमा शनिबार जापानी धर्मगुरु मञ्जु सत्य र प्रदेशसभा सदस्य नरोत्तम वैद्यले संयुक्त रुपमा बिक्री स्थलको उद्घाटन गरेका छन ।
बिक्री स्थलमा धर्मगुरु मञ्जु सत्य र नेपालस्थित जापानी खानाका आधिकारिक बिक्रेता ओताफुकु कम्पनीले लगानी गरेका छन । ओताफुकु केन्द्रको नामले खुलेको स्थलमा जापानी खानाको व्यवस्था गरिने सञ्चालक पारु डंगोल राउतले जानकारी गराएका छन ।
कार्यक्रममा टोकियोका लागि नेपाल चेम्बर अफ कमर्सले नियुक्त गरेको अवैतनिक वाणिज्य दूत बलराम श्रेष्ठले जापानी लगानीलाई आकर्षित गर्न केन्द्रले सहयोग गर्ने जनाएको छ ।
प्रदेशसभा सदस्य वैद्य, धर्मगुरु मञ्जु सत्य र नायिका नम्रता योगी लगायतले जापानी लगानीलाई नेपालमा प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन । रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL