Logo

गृह मन्त्रीले उद्योगीलाई भने, सरकारले सुरक्षाको प्रत्याभुति दिन्छ, ढुक्क भएर लगानी गर्नुहोस’

गृह मन्त्रीले उद्योगीलाई भने, सरकारले सुरक्षाको प्रत्याभुति दिन्छ, ढुक्क भएर लगानी गर्नुहोस’


बिजखबर संवाददाता
162
Shares

काठमाडौँ । गुहमन्त्री रामबहादुर थापाले आर्थिक समृद्धि र विकाश अहिलेको मुलुकको आवश्यकता रहेको बताएका छन । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिसँंग आइतबार भएको भेटघाटमा मन्त्री थापाले आर्थिक समृद्धि र विकासका लागि चेम्वरको सहयोग हुनु पर्ने बताएका हुन् ।

मुलुकलाई समृद्ध बनाउने दिशातर्फ अगाडि वढ्न चेम्वरसँंग सहकार्र्य गरेर अगाडि वढने मन्त्री थापाले बताए । नेपालमा लगानीको वातावरण सृजना गर्र्नेतर्फ मन्त्रालयले आवश्यक सवै सुरक्षाको वन्दोवस्त मिलाउने बताउँदै उद्योगी र व्यावसायीहरुको सुरक्षाका लागि गृह मन्त्रालय प्रतिवद्ध रहेको बताएका छन ।

मन्त्री थापाले कामका लागि दैनिक विदेश जाने नेपाली जनशक्तिलाई स्वदेशमै रोजगारीको बातावरण बनाउन स्वदेशमा लगानी तथा उद्योगधन्दा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन । भेटघाटमा चेम्बर अध्यक्ष श्रेष्ठले उद्योग व्यवसायीको क्षेत्रमा देखिएका समस्याबारे मन्त्री थापाको ध्यानाकर्षण गराएको तथा व्यापारीसँंग जर्बजस्ती चन्दा, आर्थिक सहयोग माग्ने प्रबृतिको अन्त हुनुपर्ने माग गरेका छन ।

अध्यक्ष श्रेष्ठले ढुवानीमा हुने गरेको कार्टेलिङलाई हटाउनुपर्ने तथा नेपाल र चीन नाकामा हुने समस्याबारे जानकारी गराउँदै ती क्षेत्रमा सहज आवागमन हुनुपर्ने माग गरेका छन ।

सार्वजनिक विदामा पनि बैंक तथा वित्तीय संस्थाहरु सुचारु हुनुपर्ने र बिभिन्न क्षेत्रबाट बजार अनुगमन हुँंदा व्यापारीलाई सास्ती हुने भन्दै सहज रुपमा बजार अनुगमनको काम हुनु पर्ने तथा २०३२÷०३३ सालको कालोबजारी ऐन शंशोधन हुनु पर्ने माग राखेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL