Logo

एसीसी यू-१६ क्रिकेट प्रतियोगिताको उपाधि नेपालमा नेपाललाई, सिंगापुर ७१ रनले पराजित

एसीसी यू-१६ क्रिकेट प्रतियोगिताको उपाधि नेपालमा नेपाललाई, सिंगापुर ७१ रनले पराजित


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ । आइतबार सम्पन्न फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हराएर बिजेता बनेको हो ।

थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो ।

प्रतियोगिताको समूह चरणमा थाइल्याण्ड, हङकङ र म्यानमारलाई हराउँदै समूह बिजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले मलेसियालाई हराउँदै फाइनलमा पुगेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL