Logo

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्य सूची


बिजखबर संवाददाता
10.9k
Shares

काठमाडौं । नेपाल आयाल निगमले पेट्रलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीलेलमा प्रतिलिटर ३ / ३ रुपैयाँ बढाएको छ । यसैगरी हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाउँदा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ७७/७७ रुपैयाँ पर्नेछ । यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ८७ रुपैयाँ र हवाई इन्धन बाह्यको प्रति हजार लिटर ८ सय ५० डलर कायम गरिएको छ ।

निगमको घाटा बढेसँगै मूल्य बृद्धि गरिएको निगमले जानकारी दिएको छ । नयाँ मूल्य अनुसार पनि निगमलाई मासिक घाटा अझै ४० हुने गोइतले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL