Logo

पहिलो चरणको निर्वाचनका लागि तयारी पुरा

पहिलो चरणको निर्वाचनका लागि तयारी पुरा


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा भएको छ ।

मंसिर १० गते हुने पहिलो चरणको तयारी सकिएको निर्वाचन आयोगले जानकारी दिएको हो ।

चुनाव हुने ठाउँमा निर्वाचन सामाग्री र्पुयाउने, जनशक्ति व्यवस्थापन गर्नेलगायतका सबै काम सकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

साथै मंसिर २१ गते हुने दोश्रो चरणको चुनावको लागि तयारी पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

मंसिर १० गते पहिलो चरणमा ३२ जिल्ला चुनाव हुँदैछ । ती जिल्लामा कात्तिक २० गतेदेखिनै निर्वाचन अनुगमनकर्ताहरु खटिएका हुन् । आयोगले नेपाल सरकारका सचिव, सहसचिव स्तरका कर्मचारीहरुलाई अनुमगनकर्ताको रुपमा परिचालन गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL