Logo

फेरि अर्का व्यवसायीमाथि हमला, सर्लाहीका साहको गोली हानी हत्या

फेरि अर्का व्यवसायीमाथि हमला, सर्लाहीका साहको गोली हानी हत्या


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको दुई दिनपछी सर्लाहीमा अर्का व्यवसायीको हत्या भएको छ ।

गौचनको हत्यारा पत्ता नलाग्दै सुन व्यवसायी सुनिल साहको हत्या भएको हो । मंगलबार बेलुका हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका अवस्थामा कविलासी गाउँपालिका–३ पिपरियाका साहलाई अपरिचित समूहले गोली प्रहार गरेका थिए ।

पसल बन्द गरेर मोटरसाइकलमा घर फर्कदै गर्दा बाटोमा तीन–चार जनाको समूहले मोटरसाइकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन, चाँदी लुटन खोजेका थिए।

प्रतिकार गर्न खोज्दा लुटेराले सुनिलको च्यापुमुनि गोली हानी हत्या गरेको स्थानीय प्रहरीले जानकारी दिएको छ । मृतकका पिता नागेन्दर साहको झोलामा रहेको नगद तथा सुन, चाँदीसमेत लिएर फरार भएका छन्।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL