Logo

साउदीमा स्न्यापच्याटले गर्यो अलजजिरा बन्द

साउदीमा स्न्यापच्याटले गर्यो अलजजिरा बन्द


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सामाजिक सञ्जाल स्न्यापच्याटले साउदी अरेवियामा अलजजिरा बन्द गरेको छ । स्न्यापच्याटले अलजजिराका सबै सामग्रीहरु साउदी अरेवियामा बन्द गरेको हो ।

स्न्यापचयाटका अनुसार साउदी अधिकारीहरुले कतारी समर्थित प्रसारक च्यानलले स्थानीय कानुन उल्लंघन गर्ने भन्दै रोक्न भनेका थिए ।

कतारको साउदी अरब, बहराइन, इजिप्ट तथा युएइसँग विवादमा छ । यी राष्ट्रहरुले कतारले आतंकबादलाई सहयोग गरेको भन्दै सबै प्रकारको सम्बन्ध तोडेको हो ।

मानव अधिकार समुह तथा मिडिया स्वतत्नत्राका विषयमा बोल्ने वक्ताहरुका अनुसार साउदी अरेविया संसारकै सबैभन्दा बढी मिडिया प्रतिबन्ध गर्ने ठाउँ हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL