Logo

काठमाडौंमा मतदाताका लागि मात्र कार्यक्रम ल्याएर नपुग्ने, पृथक योजना छनौट आवश्यक

काठमाडौंमा मतदाताका लागि मात्र कार्यक्रम ल्याएर नपुग्ने, पृथक योजना छनौट आवश्यक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले महानगरले मतदाताको संख्या हेरेर मात्र पूर्वाधार विकास लागि होस् या सामाजिक उत्थानकालागि, योजना गर्जुमा गर्न नमिल्ने बताए।

काठमाडौंमा कति मानिस बसोबास गर्छन् भन्ने यकिन तथ्यांक् नभएकोले संख्याका आधारमा योजना बनाउन नसकिने उनले जानकारी दिए । ‘काठमाडौंमा आवतजावत गर्नेदेखि अस्थायी बसोबास गर्नेसम्मको तथ्याङ्कक एकिन हुन सकेको छैन ’ उनले भने । यसले गर्दा आवश्यकतामा आधारित काम गर्न पाउन समेत मुस्किल भएको बताए ।

आइतबार काठमाडौंमा सुकुम्बासी तथा अव्यवस्थित समुदायका महिलाहरुको दशौं सम्मेलनको उद्घाटन सत्रमा शाक्यले राजधानी सहर व्यवस्थापनको पक्ष उल्लेख गर्दै यस्तो बताएका हुन् । ‘सहरमा गरीवको संख्या उल्लेखनीय छ,’ उनले भने ‘त्यससँगै सुकुम्बासी तथा अव्यवस्थित क्षेत्रमा मानव विकासको अवस्था पनि जोखिमपूर्ण छ ।’

सो अबसरमा उनले नागरिकका चाहना क्रमश पूरा गर्दै लगिने बताए । स्थानीय तहमा निर्बाचित जनप्रतिनिधि आइसकेपछि अव्यवस्थित बस्तीमा बसोबास गरिरहेको मानिसहरुमा आशा पलाएको महिला एकता समाजकी अध्यक्ष विमला कोइरालाले बताइन् ।

काठमाडौं महानगरपालिका क्षेत्रकै मात्र कुरा गर्ने हो भने यहाँ १५ वटाभन्दा बढी घर भएका बस्तीको संख्या ४८ वटा छ भने त्यसभन्दा कम घर भएका ११ वटा बस्ती छन् ।

काठमाडौंको सिनामंगल क्षेत्रमा सबैभन्दा बढी ७०० घर र त्यसपछि चावहिल गोपीकृष्ण नजिक १८८ वटा घर छन् । यी घरमा कति परिवार र कति मानिस बस्छन्? ती मानिसहरु कसरी गुजारा गर्छन्? यो विषय आम सरोकारको विषय बन्दै गएको छ ।

यस्ता बस्तीको व्यवस्थापनका क्षेत्रमा पछिल्ला केही बर्षमा काम भइरहेको छन् । यस पटकको सम्मेलनले विकासको मूल प्रवाहमा आफ्नो सहभागिता पहूँच बढाउने, आत्मसम्मान तथा पहिचान कायम गराउन दवाव सृजना गर्ने, स्थानीय तहसँग रणनीतिक सहकार्य गर्ने जस्ता मुद्दालाई अघि सारेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL