Logo

कामनपाले गरेको करबृद्धिप्रति चेम्बर अफ कमर्सको ध्यानाकर्षण, निर्णय फिर्ता लिन माग

कामनपाले गरेको करबृद्धिप्रति चेम्बर अफ कमर्सको ध्यानाकर्षण, निर्णय फिर्ता लिन माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको गरेको  कर बृद्धिप्रति नेपाल चेम्वर अफ कमर्सको ध्यानाकर्षण भएको छ ।

महानगरपालिकाको अर्थ सम्वन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०७४ मा आर्थिक वर्ष २०७४।०७५ मा आय संकलन गर्न कर बृद्धि गरिएको छ ।

चेम्वरले महानगरपालिकाले एकलौटी र अप्रत्याशित रुपमा कर बृद्धि गरेकोमा घोर भत्सर्ना गर्दै अबिलम्व फिर्ता लिन माग समेत गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कर बृद्धिको निर्णय फिर्ता लिन माग गरेको हो ।

महानगरपालिकाले हालै व्यवस्था गरेको व्यवसाय करबृद्धिबाट काठमाडौंमा मूल्यबृद्धि हुन गई जनतासमेत महँंगीमा पर्ने भएकोले सो व्यवस्था संशोधन गर्नुपर्ने सिएनआइले जानकारी दिएको छ ।

‘प्रचलित कानुनको अधिनमा रही स्थानीय तहले आफनो कार्यक्षेत्रभित्र परिचालन गर्न राजश्वका श्रोत, दायरा र दर समेतको विश्लेषण गर्न राजश्व परामर्श समितिमा नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रतिनिधि समेत सम्मिलित गरी बजेट तर्जुमा गर्नुपर्ने नीतिगत व्यवस्था छ ’ विज्ञप्तिमा उल्लेख छ ‘ तर महानगरले एकलौटी निणर्य गर्यो ।’

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL