Logo

नेपाली सेनामा ७ सय ५ जनाका लागि जागिरको अवसर, लेखा जमदारदेखि सैन्यपदसम्म माग

नेपाली सेनामा ७ सय ५ जनाका लागि जागिरको अवसर, लेखा जमदारदेखि सैन्यपदसम्म माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली सेनामा विभिन्न पदमा ७ सय ७ जनाका लागि जागिर खुलेको छ । श्री भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले चर्मकर्मीदेखि लेखा जमदार तथा सैन्य पदमा भर्ना खुलेको हो ।

जसमध्ये भर्ना छनौट निर्देशनालय जंगी अड्डाका लागि २ सय ८२, पूर्वी पृतना इटहरीका लागि १ सय, मध्य पृतना हेडक्वाटर हेटौडाका लागि ७५, पश्चिम पृतना पोखरका लागि १ सय मध्य पश्चिम पृतना सुर्खेतका लागि ७५ र सुदुर पश्चिम पृतना दिपायलका लागि ७५ जनाका लागि भर्ना खुलेको हो ।

यी पदमा भर्नाका लागि आवेदन दिन चाहनेले श्री भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डा र अन्य भर्ना केन्द्रहरुको हकमा सम्वन्धित केन्द्रमा आवेदन दिनु पर्छ ।

आवदेन बुधवारदेखि चैत १७ गतेसम्मका लागि खुल्ला गरिएको छ । जसअनुसार लेखा जमदार कर्मचारी पदमा आवेदन दिन एसएलसी पास गरी मान्यता प्राप्त संस्थाबाट कम्तिमा ३ महिनाको आधारभुत कम्प्युटर तालीम लिएको हुनुपर्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL