Logo

योजना आयोगका उपाध्यक्ष भन्छन्, बजारमा तरलता अभाव छैन, बैंकको लगानी सीमाभन्दा बढी भैसक्यो

योजना आयोगका उपाध्यक्ष भन्छन्, बजारमा तरलता अभाव छैन, बैंकको लगानी सीमाभन्दा बढी भैसक्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले बजारमा तरलता अभाव तथा क्रेडिक क्रन्चको अवस्था नरहेको स्पष्ट पारेका छन् । बैंक वित्तीय संस्थाले आफ्नो सीमा भन्दा बढी लगानी गरेकाले अहिले केही समस्या आएको उनको तर्क थियो ।

सन् २०१७ को जनवरीसम्ममा बैंकहरुको कर्जा प्रवाहको सीमा १५ खर्ब ९५ अर्ब ७० करोड रुपैयाँ हुनुपर्नेमा त्यसलाई पारगर्दै १६ खर्ब ११ अर्ब रुपैयाँ प्रवाह गरिसकेका छन् । यो रकम बैंकहरुको कर्जा लगानीगर्ने सीमाभन्दा १६ अर्ब रुपैयाँ बढी हो । चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा बैंकहरुको निक्षेप बृद्धिदर २० दशमलव ६ प्रतिशतको हुँदो कर्जा प्रवाह भने उच्च रुपमा बढाउँदै ३० प्रतिशत पुर्याएका छन् ।

पछिल्लो समय बजारमा देखिएको तरलता तथा क्रेडिट क्रन्चको समस्या समाधान भइसकेको र चैत पश्चात बजारमा अधिक तरलता भएर त्यसलाई व्यवस्थापन गर्न नै कठिन हुने समेत उनको तर्क छ ।

पछिल्लो समय सरकारले पूँजीगत खर्च गर्ने संयन्त्र बलियो बनाएको र अब सोही अनुरुप द्वुत गतिमा विकास निर्माणका काम अघि बढ्ने समेत उनको दावी थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL