Logo

१४ देशका लागि राजदूत सिफारिस, हेर्नुहोस सूची

१४ देशका लागि राजदूत सिफारिस, हेर्नुहोस सूची


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले १४ देशका लागि राजदूतको नाम  सिफारिस गरेको छ । बैठकले सत्तारुढ दलहरुको भागवण्डाका आधारमा राजदूतहरुको नाम सिफारिस गरेको हो ।

जसअनुसार माओवादीबाट डेनमार्कका लागि युवनाथ लम्साल लक्की शेर्पा अष्ट्रेलिया, साउदीका लागि महेन्द्रवहादुर सिंह र पदम सुन्दास बहराइनका लागि राजदूत सिफारिस भएका छन् ।

त्यस्तै कांग्रेसबाट कोरियाका लागि अर्जुनजंगबहादुर सिंह, म्यानमारका लागि भीम उदास,बंगलादेशका लागि चोपलाल भुसाल, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएईका लागि राजदूत सिफारिस भएका छन् ।

त्यसैगरी लोकतान्त्रिक फोरमबाट शर्मिला पराजुली ओमानका लागि राजदूत सिफारिस भएकी छिन् । प्रतिभा राणा जापान, भरत रायमाझी स्पेन र निरन्जन थापा इजरायलका लागि राप्रपाबाट राजदूत सिफारिस भएका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL