Logo

छ्यांदीको २ लाख ७० हजार कित्ता सेयर बाँडफाँड, प्रभावित क्षेत्रका ४ हजार ३ जनालाई सेयर

छ्यांदीको २ लाख ७० हजार कित्ता सेयर बाँडफाँड, प्रभावित क्षेत्रका ४ हजार ३ जनालाई सेयर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । छ्यांदी हाइड्रोपावर लिमिटेडको आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सेयर बाँडफाँड गरिएको छ । सोमबार ग्लोवल आइएमई लिमिटेडको कार्यलयमा २ लाख ६० हजार कित्ता सेयर बाँडफाँड गरिएको हो ।

ग्लोवल आइएमइ क्यापिटल सो आयोजनाको विक्री प्रवन्धक हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट ४ हजार ३ सय ३७ आवेदन फारम मार्फत १६ लाख कित्ता आवेदन प्राप्त भएको थियो । जसमध्ये ४ हजार ३ सय ६३ जनालाई २ लाख ७० हजार कित्ता सेयर निश्कासन गरेको हो ।

बाँडफाँडमा नपरेका रकम फिर्ता भुक्तानी १५ गतेदेखि भुक्तानी गरिने बताएके छ । जसअनुसार सेयर दरखास्त आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको बैंक खातामा सोझै नेपाल क्लियरीङ हाउस लिमिटेडको इन्टर बैंक पेमेन्ट सिस्टमद्धारा भुक्तानी गर्ने व्यवस्था मिलाइने व्यहोरा जानकारी दिएको छ ।

त्यस्तै रितपुर्वक आवेदन दिएका आवेदकमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १ लाख ८ हजार सेयर २ सय ४७ जनालाई र प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि १ लाख ८ हजार कित्ता सेयर २ हजार ८४ जनालाई सेयर बाँडफाँड गरिएको छ ।

न्यून प्रभावित लमजुङ जिल्लाका अन्य गाविस तथा नगरपालिकाका बासिन्दाहरुका लागि ५४ कित्ता सेयर २०३६ जनामध्ये २०३२ जनालाई समानुपातिक रुपमा सेयर बाँडफाँड गर्न ३ ओटा सेयर बाँडफाँड तालिका बनाई उक्त सेयर बाँडफाँड गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL