Logo

पाँच खर्बको वैदेशिक व्यापारमा सवा चार खर्ब घाटा, निर्यात वृद्धि न्यून

पाँच खर्बको वैदेशिक व्यापारमा सवा चार खर्ब घाटा, निर्यात वृद्धि न्यून


बिजखबर संवाददाता
0
Shares

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको व्यापार घाटा उच्चदरमा वृद्धि भएको छ । कुल व्यापार ५८ प्रतिशतले वृद्धि हुँदा व्यापार घाटा ७१ प्रतिशतले बढेको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार समिक्षा अवधिमा नेपालको वैदेशिक व्यापार ५ खर्ब २ अर्ब पुगेको छ । उक्त व्यापारमा नेपालले ४ खर्ब २९ अर्बको नोक्सान बेहोरेको छ ।
समिक्षा अवधिमा नेपालको आयात ६४ प्रतिशतले वृद्धि भई ४ खर्ब ६६ अर्ब पुगेको छ । जविक निर्यात भने १० प्रतिशतले मात्रै वृद्धि भई ३६ अर्ब पुगेको छ । उत्पादन तथा निर्यात प्रवद्र्धनका कार्यक्रममा वृद्धि नहुँदा निर्यात वृद्धिदर न्यून भएको सरोकारावाला बताउँछन् ।
नेपालको निर्यात व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, जापान, वंगलादेश, क्यानडा, अष्ट्रेलिया, नेदरलेण्ड्स र डेनमार्क  आदि प्रमुुख रुपमा रहेका छन् । उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि  प्रमुख रहेका छन् ।
त्यस्तै, नेपालमा भारत, चीन, युएई, थाइलेण्ड, इण्डोनेशिया, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, जापान, साउदी अरेविया, दक्षिण कोरिया, मलेशिया, भियतनाम, युक्रेन र क्यानडाबाट सवैभन्दा बढी आयात भएको छ । यसअवधिमा सवारी साधान, पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादनहरु, दूरसञ्चार उपकरण, विद्युतीय सामग्री, मेशिनरी तथा पाटपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL