Logo

प्राधिकरणका सीईओले दिए १२ पेजको जवाफ, कार्यविधी पास भएकै दिन स्पष्टीकरण किन ?

प्राधिकरणका सीईओले दिए १२ पेजको जवाफ, कार्यविधी पास भएकै दिन स्पष्टीकरण किन ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले असन्तुष्टि व्यक्त गर्दै सरकारलाई स्पष्टिकरण बुझाएका छन् । सरकारले अनुदान वितरण सम्बन्धी कार्यविधी पारित गरेकै दिन आफुलाई स्पष्टीकरण सोध्नु आश्चर्यजन भएको भन्दै १२ पेज लामो स्पष्टीकरण पेश गरेका हुन् ।

laxmi

केही समय अघि प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयमले नै आफ्नो काम प्रति सन्तोष व्यक्त गरेको र दातृनिकायहरुले पनि कामको प्रसंशा गरिरहेको अवस्थामा अफुसँग एकाएक लिखित स्पष्टीकरण माग गर्नु दुःखको कुरा भएको स्पष्टीकरणमा उल्लेख गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । कार्यविधी पास भएर आवस निर्माणमा कामलाई अझ द्वुत गतिमा अघि बढाउने बेलामा स्पष्टीकरण सोधेर काममा ढिलाई हुने समेत उनले पेश गरेको पत्रमा उल्लेख छ ।

पछिल्लो समय सन्तोषजनक रुपमा काम भइरहेको र सोही अनुरुप स्कुल, स्वास्थ्य चौकी तथा निजी निवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भइरहेको समेत उनले पेश गरेको स्पष्टीकरणमा उल्लेख छ । साथै हालसम्म भएका कामको समेत स्पष्ट विवरण उल्लेख गरिएको छ । तर, सम्बन्धित सरोकारवाला मन्त्रालयले सहयोग नगर्दा सोचेअनुरुप काम गर्न नसकिएको उनको स्पष्टीकरण पत्रमा उल्लेख छ ।

सरकारले यही पुस १४ गते ७ दिनको समयसिमा दिँदै सीईओ ज्ञवालीसँग स्पष्टीकरण माग गरेको थियो । सोही अनुरुप ज्ञवालीले सम्पूर्ण प्रश्नको जवाफ दिँदै समयावधि भित्रै स्पष्टीकरण पेश गरेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

उनले पेश गरेको स्पष्टीकरणमा सामान्य प्रशासन मन्त्रालयले समयमै कर्मचारी व्यवस्थापन नगरिदिएको, अर्थ मन्त्रालयले समयमा बजेट निकासा नदिएकोजस्ता कारणले गर्दा पनि पुननिर्माणका कामलाई द्वुत गतिमा अघि बढाउन नसकिएको उल्लेख छ । साथै स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा समेत समन्वय गरेर अघि बढ्न कठिनाइ भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL