Logo

उपप्रधानमन्त्री गच्छदार भन्छन्, चीनको कारण तातोपानी नाका बन्द भएको हो

उपप्रधानमन्त्री गच्छदार भन्छन्, चीनको कारण तातोपानी नाका बन्द भएको हो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विजयकुमार गच्छदारले चीनको कारण तातोपानी नाका बन्द भएको बताएका छन् । ‘भुकम्पका कारण सडक विग्रीएर बन्द भएको भन्दा पनि चिनीयाँ पक्षको कारण तातोपानी नाका संचालनमा आउन सकेको छैन,’ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हाल उक्त नाका खुलाउने सम्बन्धमा दुई पक्षीय छलफल भइरहेको छ ।’

नाका खुलाउनका लागि छलफल अन्तिम चरणमा पुगेको र केही समयभित्रै खुल्ने समेत उनले जानकारी दिए । ‘यहाँ भुकम्पका कारण सडक भत्किएर नेपालले संचालनमा ल्याउन नसकेको भन्ने भ्रम फैलिएको छ,’ उनले भने, ‘तर, त्यसको वास्तविक कारण अर्कै छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा पनि सो विषयमा छलफल भएको र केही समयभित्रै उक्त नाका संचालनमा आउने समेत उनले जानकारी दिए ।

तातोपानी नाका नखुल्दा चीनबाट नेपाल आउने समानहरु अझैसम्म रोकिएर बसेका छन् । साथै कतिपय सामानलाई रिरुट गरी केरुङ नाकाबाट ल्याइएको सम्बद्ध व्यवसायीहरु बताउँछन् । केरुङ नाकाबाट ढुवानी गर्दा व्यवसायीहरु बढी खर्च तिर्न वाध्य छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL