Logo

प्रधानमन्त्रीले भने, ‘मैले व्यवसायीलाई ‘व्ल्याङक चेक’ दिएको छु आफै भरेर चलाउनु’

प्रधानमन्त्रीले भने, ‘मैले व्यवसायीलाई ‘व्ल्याङक चेक’ दिएको छु आफै भरेर चलाउनु’


बिजखबर संवाददाता
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीलाई आागामी आर्थिक वर्षको बजेटको लागि उपयुक्त खालका सुझाव पेश गर्न आग्रह गरेका छन् । ‘नीति गत सुधारका तथा बजेटमा आफ्ना माग समावेश गर्न व्यवसायीलाई व्ल्याङ्क चेक नै दिएको छ,’ नेपाल चेम्बर अफ कमर्शको ६५ औं वार्षिक साधारण सभामा उनले भने, ‘तपाइहरुका के–कस्ता छन् सवै भरेर ल्यानुहोस सरकारले समावेश गर्ने छ ।’

बजेट निर्माण पश्चात कराएर केही नहुने भन्दै आफ्ना जायज मागलाई तत्काल पेश गर्न गर्न निर्देशन दिए हुन् । ‘यो सरकारले अघिल्ला वर्षको जस्तो सामान्य खालका बजेट बनाउँदै छैन,’ उनले भने, ‘सरकारले देश बनाउने बजेट बनाउन लागेकाले यसका लागि व्यवसायीहरुका महत्वपूर्ण सुझाव आवश्यक छ ।’

भर्खरै मात्र अमेरिकाले निकासीमा विभिन्न ६६ वटा बस्तुमा भन्सार छुट दिएको स्मरण गराउँदै व्यवसायीलाई त्यसतर्फ लाग्न आग्रह गरे । ‘म ६६ वाट बस्तुको सुचि बढाउँदै जान्छु तपाईहरु निर्यातको लागि उत्पादन बढाउँदै जानुहोस,’ उनले भने, ‘अनिमात्र भन्सार छुटको सुविधा उपयोग गर्न सकिने छ ।’ यदि हामीसँग निर्यातको लागि बस्तु नहुने हो भने जति नै छुट दिएपनि त्यसको कुनै अर्थ नरहने उनको भनाइ थियो । प्रतिस्पधात्मक उद्यमका लागि प्रतिस्पर्धी ज्यालाको आवश्यकता रहेको भन्दै त्यस विषयमा सोच्न समेत आग्रह गरे ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सुख्खा बन्दरगाहलाई अहिलेसम्म पनि वयर हाउसको रुपमा प्रयोग गरेको भन्दै त्यसलाई तत्काल अन्तराष्ट्रिय सिपिङ म्यापमा लैजानुपर्ने बताए । सरकारले व्यवसायीहरु माथी राजस्व अनुसन्धान एवं चालू वर्षको अडिटको माध्यमबाट मानसिक तनाव दिइरहेको बताए ।

देशको आर्थिक विकासका लागि कृषि उत्पादनको अत्याधिक निर्भरतालाई कम गरी औद्योगिक विकासतर्फ केन्द्रित हुनुपर्ने बताए । जसका लागि लगानीकर्ताको विश्वास बढाउनु पर्ने सार्वजनिक प्रशासनको प्रभावकारितामा सुधार, पूर्वाधारको विकास तथा गुणस्तरमा सुधारजस्ता विषयमा ध्यान दिनुपर्ने बताए ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मुलुकको चुनौतीसँग झुध्न सम्पूर्ण व्यवसायी एक भएर अघि बढ्नुपर्ने बताए । साथै उद्योगी मैत्री बजेट ल्याउन समेत उनले आग्रह गरे ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL