Logo

आईएमईका अध्यक्ष ढकालले गरे राष्ट्रसंघमा संवोधन, निजीक्षेत्रलाई मुख्य साझेदारको रुपमा हेर्न आग्रह

आईएमईका अध्यक्ष ढकालले गरे राष्ट्रसंघमा संवोधन, निजीक्षेत्रलाई मुख्य साझेदारको रुपमा हेर्न आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आईएमई समुह तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र संघमा संवोधन गरेका छन् । ढकालले न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘अतिकम विकसित राष्ट्र«को स्तानबुल कार्ययोजना तथा दिगो विकास’ सम्बन्धी एक दिवसीय कार्यक्रमलाई संबोधन गरेका हुन् ।

अतिकम विकसित राष्ट्रहरुको दिगो आर्थिक विकास तथा अतिकम विकसित राष्ट्रबाट विकासिल राष्ट्रमा स्तरोन्नति गर्ने उद्देश्यका साथ सन् २०११ माटर्कीको स्तानबुलमा बसेको संयुक्त राष्ट्र संघचौथो सम्मेलनले पारित गरेका कार्ययोजनाको कार्यान्वयनको मध्यावधि समीक्षामा उक्तकार्यक्रम केन्द्रीत रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले, अतिकम विकसित राष्ट्रहरुमा रोजगारीको सिर्जनागर्न, गरिबीको न्यूनीकरण गर्न , राज्यकोषमा राजस्व बढाउन, वस्तु तथा सेवाहरुको सहजआपूर्ति तथावितरण गर्न र विकासका पूर्वाधारहरुको निर्माणमा सम्भाव्य नयाँ क्षेत्रको पहिचान गरि लगानी विस्तार गर्न नीजि क्षेत्रले विशेष भूमिका खेलिरहेको बताए । सार्वजनिक नीजि साझेदारीको माध्यमबाट नेपाललगायत अन्य अतिकम विकसित देशहरुले दिगो आर्थिक बृद्वि हासिल गर्न आवश्यक पूँजीगत लगानीको फराकिलो अन्तरलाई न्यूनीकरण गर्न नीजि क्षेत्रलाई एक मुख्य साझेदार अंगको रुपमा हेरिनुपर्ने उनको धारणा थियो ।

सभालाई ७० औं सभाका अध्यक्ष मोगेन्स लिकीटोफ्त एवं संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्यले उद्घाटन मन्तब्य व्यक्त गरेका थिए । उक्त एक दिवसीय विशेष समीक्षा कार्यक्रममा सदस्य राष्ट्रका राजदुतहरु लगायत नागरिक समाज, गैर सरकारी संस्था र प्राज्ञिक समुदायले पनि सम्बोधन गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL