Logo

सेयर कारोबारमा टुङ्गियो लाभकर विवाद, अब लगानीकर्ता ब्रोकरकहाँ ल्याप्चे लगाउन जान नपर्ने

सेयर कारोबारमा टुङ्गियो लाभकर विवाद, अब लगानीकर्ता ब्रोकरकहाँ ल्याप्चे लगाउन जान नपर्ने



काठमाडौं । धितोपत्र बजारमा देखिएको पूँजीगत लाभकर सम्बन्धी विवाद टुंगो लागेको छ । अर्थ मन्त्रालयमा बुधबार भएको बहुपक्षिय छलफलमा पूँजीगत लाभकर सम्बन्धी विवाद टुंगो लागेको हो ।

laxmi

अर्थमन्त्रालयमा बुधबार भएको बैठकले यस अघि धितोपत्र बोर्डले प्रस्ताव गरेको गणना विधिलाई नै अनुमोदन गर्नेगरी सहमति भएको नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले जानकारी दिईन । ‘हामीले यस अघि समस्या समाधान गर्न धितोपत्र बोर्डमा माग सहित ज्ञापन पत्र बुझाएका थियौं,’ पोखरेलले भनिन्, ‘सोही अनुरुप बोर्डले अर्थमन्त्रालयमा गरेको प्रस्तावमा सहमित भएको छ ।’

आन्तरिक राजस्व विभाग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएससी, स्टक ब्रोकर एशोसिएसन र ५ वटै लगानीकर्ता संघ सहित बसेको बैठकले उक्त विषय टुङ्ग्याएको हो ।

जस अनुसार २०६४ साउनदेखि ०७६ असारमसान्तसम्म कारोबार भएका कम्पनीहरुको मूल्यको औसतलाई आधार बनाएर बेस प्राइस निर्धारण गरिने भएको छ । त्यसैलाई आधार बनाएर भारित औसत गणना गरिने एको छ । उक्त कामको लागि भने सिडीएसीलाई जिम्मा दिइएको छ । यससँगै लगानीकर्ताले ब्रोकर कार्यालय गएर ल्याप्चे लगाउनु पर्ने बाध्यता समेत अन्त्य भएको उनले जानकारी दिईन ।

प्रतिक्रिया दिनुहोस्
MBL