Logo

खतराको घण्टी बजाउँदै सेयर बजार, परिसुचक ७ अंकले घट्दा कारोबारमा ६० प्रतिशतको गिरावट

खतराको घण्टी बजाउँदै सेयर बजार, परिसुचक ७ अंकले घट्दा कारोबारमा ६० प्रतिशतको गिरावट



काठमाडौं । पछिल्लो समय सामान्य रुपमा बढ्ने संकेत गरेको नेप्से परिसुचक पुनः अपत्यारिलो तरिकाबाट ओरालो लागेको छ । अघिल्लो हप्ता दोहोरो अंकले बढ्दै दैनिक ५० करोड रुपैयाँको हाराहारीमा कारोबार भएको बजारमा मंगलबार कारोबार रकम र परिसुचकमा अपत्यारिलो गिरावट आएको छ ।

laxmi

मंगलबार बजार खुलेको केही समय सामान्य उकालो लागेको नेप्से परिसुचक बन्द हुँदा ६ दशमलव ८३ अंकको गिरावट आएको छ । परिसुचकभन्दा कारोबार रकममा उच्च गिरावट आउँदा बजारमा खतराको घण्टी बज्न सुरु गरेको एक लगानीकर्ताले जानकारी दिए ।

‘अघिल्लो हप्तासम्म बजारमा केही रकम तरलता आएकोका कारण केही लगानीकर्ताहरु बजारमा प्रवेश गरे,’ एक लगानीकर्ताले भने, ‘केही भएको तलरता सकियो अब बजार पुनः घट्न सुरु गरेको छ भने कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ ।’

बजारमा लगानीकर्ताले लगानी सम्मेलनभन्दा अघि सेयर बजारमा उछाल आउने र बजारले १३ सयको विन्दु छुने आशा गरेका थिए । तर, १ हप्ता बढेको नेप्सेमा हाल लगातार गिरावट आएसँगै लगानीकर्ताहरु पुनः निराश भएका छन् । अब चैत मसान्तको बैंकको चेपुवाका कारण बजारमा अझै नराकारात्मक प्रभाव पर्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

बजारमा सोमबारसम्म कारोबार रकममा गिरावट आउँदै ३६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । तर, मंगलबार उक्त रकममा करिब ६० प्रतिशतको गिरावत आउँदै १४ करोड ८६ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ ।

दिनभर ७ अंकले घटेको बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । तर, बजारमा बीमा बाहेक कुनै पनि समुहका परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । जसमा बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ् समुहको परिसुचक ६ दशमलव ७५ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL